पछौटे डढुवा (अङ्ग्रेजी: Late Blight) वनस्पति जगतको सोलेनेसी परिवारमा लाग्ने फाइटोप्थरा इन्फेस्टेन्स नामक ढुसीबाट हुने रोग हो ।[१] प्रथमतः बोटहरूमा खरानी-हरिया रङका थोप्लाहरू देखिन्छन्, ती ठुला हुदैँ खैरा र खस्रा बन्दै जान्छन् ।[२] १८४० को दशकको आइर्ल्यान्डमा लागेको आलुको रोग यसैले गर्दा लागेको हो ।
फाइटोथोप्रा को ग्रिक भाषामा फाइटो भन्नाले बोट/वनस्पति र थोप्रा ले क्षति/तहसनहस भएको अर्थ दिन्छ । इन्फेस्टेन्स्ले क्षति पुर्याइरहेको भन्ने अर्थ दिन्छ ।
बादली भएको मौसममा यो रोग लाग्ने सम्भावना बढेर जान्छ र रोगले कुनै पनि भागलाई आक्रमण गर्दछ ।[३]
यस रोगलाई एक महत्त्वपूर्ण र व्यवस्थापन गर्न अलिक कठिन रोगका रुपमा लिइन्छ ।[१] रोगका नियन्त्रणका निम्ति विभिन्न ढुसीनासक विषादीहरू पनि पाइन्छन् ।[४] रोग देखिएको केही समय लगत्तै नफैलून् भन्ने हेतुले उपचारार्थ गर्नु पर्ने हुन्छ ।
पछौटे डढुवा (अङ्ग्रेजी: Late Blight) वनस्पति जगतको सोलेनेसी परिवारमा लाग्ने फाइटोप्थरा इन्फेस्टेन्स नामक ढुसीबाट हुने रोग हो । प्रथमतः बोटहरूमा खरानी-हरिया रङका थोप्लाहरू देखिन्छन्, ती ठुला हुदैँ खैरा र खस्रा बन्दै जान्छन् । १८४० को दशकको आइर्ल्यान्डमा लागेको आलुको रोग यसैले गर्दा लागेको हो ।